मन्त्रिपरिषद् पुनर्गठनको तयारीबारे छलफल गर्न नेकपाको सचिवालय प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी छ ।
बैठकबाट पुनर्गठित मन्त्रिपरिषद् रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । बैठकमा नयाँ आउने मन्त्री र हट्ने मन्त्रीबारे टुंगो लागेपछि आजै साँझसम्म शपथ ग्रहण गराउने तयारी छ ।
सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ । छलफलपछि ओली-दाहाल राष्ट्रपति विद्या भण्डारीसँग भेटका लागि शीतलनिवास पुगेका थिए ।