भारतीय पूर्वविदेशमन्त्री शुष्मा स्वराजको निधन भएको छ।
६७ वर्षीया स्वराजको भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा निधन भएको हो। स्वराज भारतको विदेशमन्त्री बन्नुअघि नयाँदिल्लीको मुख्यमन्त्री पनि भएकी थिइन्।
उनको निधनसँगै नयाँ दिल्लीले एक वर्षको अवधिमा तीन जना पूर्व मुख्यमन्त्री गुमाएको छ। १९९८ को अक्टुबर देखि डिसेम्बरसम्म स्वराजले नयाँ दिल्लीमा मुख्यमन्त्रीको पदभार सम्हालेकी थिइन्।
यस्तै, नयाँदिल्लीमा तीन पटक मुख्यमन्त्री भएकी कांग्रेस नेता शिला दिक्षितको निधन भयो। दिक्षितको जुलाईमा निधन भएको थियो। दिक्षितले १९९८ देखि २०१३ सम्म मुख्यमन्त्री भएर काम गरेकी थिइन्।
यस्तै गत वर्षको अक्टोबरमा मदनलाल खुरानको पनि निधन भयो। उनी १९९३देखि १९९६ सम्म नयाँदिल्लीको मुख्यमन्त्री भएका थिए। दिल्लीमा भाजपालाई अघि बढाउनका लागि खुरानाको ठूलो भूमिका रहेको थियो।