कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यु शनिबार पनि जारी छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुवेर कडायतले भीमदत्त नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु यथावथ रहेको जानकारी दिए। शुक्रबार साँझ महेन्द्रनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८, निम्बुखेडाका १८ वर्षीय शन्नी खानको मृत्यु भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
एसपी कडायतका अनुसार अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ। शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।