कंग्रेस आइकी महासचिव प्रियंका गान्धी कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भेट्न उनको घरमा पुगेकी छन्।
अध्यक्ष राहुललाई भेट्न महासचिब पियंका दिल्लीस्थित निवासमा पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
हालै सम्पन्न १७ औँ लोकसभा चुनावको आज बिहानदेखि जारी मतगणनाको प्रारम्भिक परिणाम हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले स्पष्ट बहमुत ल्याउने संकेत देखिएका बेला राहुललाई भेट्न प्रियंका गएकी हुन्।