भारतीय जनता पार्टीले पुनः ५ वर्ष सत्ता सञ्चालन गर्ने लोकसभा चुनाबको प्रारम्भिक मतगणनाले देखिएको छ।
७ चरणमा सम्पन्न चुनाबमा मत गणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ।
भाजपाले नयाँदिल्लीस्थित पार्टी कार्यालयमा आज साँझ दुई लाख कार्यकर्तालाई उपथित हुन आह्वान गरेका छन्।
५ सय ४२ सिटका लागि सम्पन्न चुनाबमा अहिलेसम्म कुनै सिटको छिनोफानो नभए पनि यूपीएले ३३९ सिटमा अग्रता लिएको छ। अर्कातिर, कग्रेस आईका अध्यक्ष राहुल गान्धीको यूपीए गठबन्धनले १०१ सिटमा अग्रता हासिल गरेको छ। यसैगरी अन्य दलहरुले पनि ९० सिटमा अग्रता लिएका छन्। अहिलेको अग्रता अन्तिम मत परिणाममा परिणत भएमा पुनः पाँच वर्ष मोदीले सत्ताको नेतृत्व गर्ने छन्। २०१४ को निर्वाचनमा बहुमत ल्याएर पाँच वर्ष सरकारको नेतृत्व गरेका मोदीले १० वर्षसम्म सरकारको नेतृत्व गर्ने भाजपाका पहिलो प्रधानमन्त्री पनि बन्ने छन्।
सन् २०१४ को चुनावमा बिजेपीले २८२ सिट जितेको थियो। यस्तै, राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । विदेशमन्त्री शुष्मा स्वराजले माेदीलाइ बधाइ दिएकी छन्।