कांग्रेस विभाजित थियो। बिभाजित कास्की कांग्रेस सभापति खेमराज पौडेल गुरु हुनुहुन्थ्यो। पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणको क्रममा मूल कांग्रेसको केन्द्रीय सभापति गिरिजाप्रसाद कोइराला पोखरा आउनुभएको थियो। उहाँको बास राष्ट्र बैंक गेस्ट हाउस, पोखरामा थियो। गिरिजाबाबु बसेको कोठामा ‘जय नेपाल’ भन्दै गुरु एक्कासी प्रवेश गर्नुभयो।
कार्यकर्ताले खचाखच भरिएको कोठामा गुरुका लागि ठाउँ छोड्न प्रतिस्पर्धा नै भयो। ‘खेमराज जी आराम हुनुहुन्छ?’ गिरिजा बाबुले सोध्नुभयो। गुरुको सहज उत्तर थियो, ‘म त आराम छु, तर कांग्रेस बिरामी छ।’ गुरुले थप्नुभयो, ‘गिरिजा बाबु म त कास्कीमा सभापति भएको छु नि।’ ‘ठिक छ, मलाई थाहा छ,’ गिरिजा बाबुले भन्नुभयो। पार्टी हाम्रा कारणले फुटेको होइन, तर दःुख कार्यकर्ताले पाएका छौं, पार्टी चाँडै मिल्नु प¥यो, यत्ति भन्न आएको हुँ, यो दायित्व तपाइँसँग छ, तपाइँले मात्र सक्नुहुन्छ’ भन्दै गुरु बाहिरिन खोज्नुभयो। गिरिजा बाबुले चिया पिएर जान भनेपछि रोकिनु भयो। चिया पिएपछि ‘मेरो कुरा त्यति थियो गिरिजा बाबु, जय नेपाल’ भन्दै बाहिरिनुभयो।
उहाँ गएपछि केहीबेर सन्नाटा छायो। क्रमशः अवस्था फेरि समान्य भयो। आज पनि मलाई लागिरहन्छ, प्रजातन्त्र स्थापनामा उहाँको भूमिका त थियो नै, तर पार्टी एकतामार्फत् मजबुत कांग्रेसको नेतृत्वमा बामपन्थी–गैरबामपन्थी सबै मिली लोकतन्त्र स्थापनामा पनि गुरुको भूमिका लोभलाग्दो छ।
बन्दीगृह अनि सर्वदलीय अभिभावक
पद बिरलै दावा गर्ने र फेरि नमिल्ने सिलसिला पनि उहाँको जीवनमा लामै चल्यो। त्यसकै आवेगमा घरै थन्किने अथवा कार्यकर्ता नेता÷कार्यकर्तासँग रन्किने÷ पड्किने कहिल्यै गर्नु भएन उहाँले। पार्टीको आन्तरिक निर्वाचनमा जय÷पराजय जे हुँदा पनि पार्टीका जिल्लास्तरीय कार्यक्रममा उहाँ मञ्चमा नभएको मलाई याद छैन। बहुसंख्यक कार्यक्रमको नियमित वक्ता गुरुका अभिव्यक्तिमा आशक्ति, आक्रोश र षड्यन्त्र होइन आदर्श, निरन्तरता र संघर्ष सन्देश मिल्थ्यो। सादा जीवन, उच्च कद र उच्च विचारका लागि परिचित गुरुलाई नयाँ÷पुराना कार्यकर्ताहरु कांग्रेस हुनुको मापदण्डका रूपमा अथ्र्याउथे। यी सबै सूचना देख्ने÷ सुन्नेका लगि प्रेरणा बन्थे।
प्रतिगमन विरुद्धको आन्दोलनका क्रममा पोखरामा केही महिना सँगै बन्दी जीवन विताउदा गुरुसँग आत्मीयता बढ्यो। बन्दीगृहमा सर्वदलीय अभिभावक बनेर बसेका गुरुले पञ्चायतकलीन प्रतिवन्धित अवस्थाको आफ्नो जोखिमपूर्ण राजनीतिक यात्राका कठिन र सनसनी घटनाक्रम सुनाउँदा गुरुप्रति श्रद्धा थपियो। कांग्रेस पार्टी विभाजित तर मन अविभाजित कालमा दुई नेपाल विद्यार्थी संघ मिलेर पृथ्वीनारायण बहुमुखी क्याम्पसमा मेरो नेतृत्वमा विपक्षसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने एकातिरको कांग्रेसका नेताको रूपमा गुरु र सोभियतबहादुर अधिकारीलाई सम्झन्छु।
उमेरको प्रश्न अनि संघर्ष क्रियाशीलता र अनुभव
समाज र जनआवश्यकता पलपल परिवर्तन भइरहेकै कालखण्डमा उमेरले ७ दशक पार गरेको उमेदवारले सामाजिक÷आर्थिक विकासमा के योगदान दिन सक्ला भनी पूर्वाग्रह नराखी जानकारी मगियो भने त्यस्तो प्रश्न नाजायज पनि हुँदैन। स्वाभाविक हुन्छ।
आफूले राम्रो तयारी गरेको अप्ठ्यारो प्रश्नको उत्तर आन्तिम परीक्षामा शिक्षकले सोधिदिँदा, विद्यार्थी खुसीमात्र हुँदैन, दँग पर्छ। किनकि, उत्तर उसको लगि सरल छ। सटिक छ। उत्तर प्रष्ट र वैज्ञानिक भएका त्यस्ता प्रश्नलाई हार्दिकतापूर्वक लिँदै आकर्षक अनि वास्तविक जवाफ दिने नेपाली कांग्रेसका कार्यकर्तारुपी विद्यार्थीलाई मौका मिलेको छ। निर्धारित समयमै उत्तर दिएर सदुपयोग गर्नुपर्छ।
आजका यी पाका अनि अनुभवी उमेदवारले साँढे २ दशक देश÷विदेशमा अध्ययन र विद्यार्थी राजनीति मार्फत प्रजातन्त्र पुनस्र्थापनाको संघर्षमा बिताए। त्यसपछिका २५वर्ष, कतिपय सन्दर्भमा राजनीतिमा सामान्य हैसियत बनाएर, त्यसैलाई हतियार बनाएर अरुलाई धम्क्याउने÷तर्साउने आहिलेको जस्तो चञ्चल÷चुलबुल खुल्ला होइन, राजनीति संलग्नताको सूचना सत्तालाई हुँदा जिन्दगी नै धरापमा पर्न सक्ने परिस्थितिमा भूमिगत र अर्धभूमिगत अनि बन्दी र खुल्ला राजनीति मार्फत सामाजिक एवं आर्थिक भेदभाव विरुद्धको क्रियाशीलतामा बिते। योग्य शैक्षिक जनशक्ति भेटिन मुस्किल तत्कालीन परिवेशमा त्यसैमध्येको करिब दुई दशक राजनीतिक क्रियाशीलता सहितको असल गुरु बनी शिक्षणमा बित्यो।
प्रजातन्त्र पुनस्र्थापना पछिका साँढे दई दशक कास्केली जनतासँगै सामाजिक÷राजनीतिक गतिविधिमा एकसाथ उकाली÷ओराली गर्दै आजसम्म आइपुगेको प्रमाण युवापुस्ताका कांग्रेसजनसँग मात्र होइन, कास्कीमा क्रियाशील सबै पार्टीका बहुसंख्यक नेता÷कार्यकर्तासँग पनि छ। प्रमाण पार्टीसँग त छँदैछ। प्रमाणपत्र उम्मेदवारी दिएको छ, केन्द्रले। पूर्णकालीन ढंगले सामाजिक, राजनीतिक गतिविधिमा निरन्तर संघर्षरत प्राज्ञिक व्यक्तित्व समाजशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्र हर कोणमा अब्बल छ। अध्यावधिक छ। तर, बुढेसकाल भनेको त विश्राम हो। क्रमभंगता हो। थोरै तिनै विष्मरण हो। क्रमभंगता कतै नभेटिने यस्तो सार्थक समर्पणपूर्ण क्रियाशीलतालाई के बुढेसकाल भन्ने? कांग्रेस कार्यकर्ता उत्तर दिने मात्र होइन प्रश्न गर्ने हैसियत राख्नुपर्छ। त्यसो भए निरन्तरता, निष्ठा, संघर्ष, त्याग र अनुभव भनेको के हो? समाज परिवर्तनको अभियन्ता नै विकास र परिवर्तनप्रति बेखबर भन्नु अन्याय मात्र होइन अत्याचार हुन्छ।
निर्विवादित उमेदवार, कांग्रेसको ऊर्जा
कास्की कांग्रेसका बाँकी १५ दाबेदारमध्ये कसैले पनि मैले नपाएर गुरुले किन उम्मेदवारी पाउनुभयो भनेर रत्तिभर गुनासो नगर्नु, गुरुका लगि ठूलो सम्मान हो। निष्ठा र निरन्तरताको पनि सम्मान हो। कांग्रेसका लागि सकारात्मक ऊर्जा हो।
निरंकुशताको खोरिया फाँडेर लोकतन्त्रको बगैंचा बनाउने चरणबद्ध सञ्चालित अभियानका जुझारु अभियन्ता गुरु प्रजातन्त्र स्थापनादेखि लोकतन्त्र प्राप्तिको आन्दोलनमा अर्थपूर्ण योगदान दिएका तर परिवर्तित सन्दर्भमा महत्वपूर्ण जिम्मेवारीमा जान नचाहेका र नसकेका जुनकुनै पार्टीमा रहेका दर्जनौं कास्केली अग्रज, अनुभवी र त्यागी प्रजातन्त्र सेनानीहरुको प्रतिनिधित्व पनि गुरुको उम्मेदवारीले गरेको छ।
(लामिछाने पोखरा विश्वविद्यालयमा प्राध्यापनरत छन् )