Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, March 25, 2023 | शनिबार, चैत ११, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु सिर्जना सिंह
स्पेसखबर
स्पेसखबर काठमाडौं, २६ वैशाख
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
 
पार्टीको राजनीतिमा लामो समयदेखि सक्रिय भएर पनि कुनै पदमा रहनु भएन। यस पटक कांग्रेसले मेयरको प्रतिस्पर्धामा अघि सारेको छ। कस्तो लागिरहेको छ?
विद्यार्थी कालदेखि नै म निरन्तर पार्टीको राजनीतिमा संलग्न छु। प्रकाशमानसँग बिबाह गर्नुअघि ९ कक्षामा पढ्दा २०३३ सालमै मैले कांग्रेसको सदस्यता लिइसकेको थिएँ। २०३६ सालमा जनमतसंग्रहको बेला गोरखामा बहुदल प्रचार प्रसार समिति हाँकेको हुँ। २०४६ सालको जनआन्दोलनमा सक्रिय थिएँ। हो मैले अहिलेसम्म पनि कुनै पद लिएको थिइन। पद नलिएको भए पनि राजनीति सँगै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छु। 
तर कतिपयले मलाई प्रकाशमानको श्रीमति भएर टिकट पाएको भनी टिप्पणी गरेको पनि सुनेकी छु। प्रकाशमानको श्रीमति भएकै कारणमात्र मैले टिकट पाएको चाँही होइन। मेरो पारिवारिक पृष्ठभूमि राजनीति हुनु के मेरो दोष हो र? राजनीतिमा सक्रिय भएर अघि बढ्ने मेरो सोचमा समर्थन गरेर पार्टीले मलाई काठमाडौं महानगरपालिकाको मेयरमा अघि बढाएको छ। अहिले मतदाताको घरदैलो अभियानमा छु।
 
घरदैलो पुग्दा मतदाताको कस्तो प्रतिकृया पाउनु भएको छ?
म जहाँ जहाँ पुगेको छु सबैले मलाई बिजयको शुभकामना दिनु भएको छ। काठमाडौं जस्तो देशको राजधानी भएको महानगरको मेयरमा कांग्रेसले महिलालाई अघि सारेकोमा उहाँहरु धेरै खुसी हुनुहुन्छ। त्यसमा पनि महिला दिदीबहिनीहरुमा धेरै उत्साह देखिएको छ। अन्य दलहरुले पार्टीमा समाबेशीको कुरा गरे पनि व्यबहारमा महिलालाई अगाडि सारिएको छैन। ती दलका नेताहरुले भाषणमा समावेशीको कुरा गरे पनि व्यबहारमा देखिएन। कांग्रेसले व्यबहारिक रुपमा समाबेशीको सिद्धान्तको कार्यान्वयन गरेको छ।
 
तपाईंको चुनावी अजेण्डा के त?
म ३६ वर्षदेखि काठमाडौं बस्दै आएको छु। यहाँको समस्याप्रति म जानकार छु। यहाँ खासगरी श्रम गरेर खाने महिला, पुरुष दुबैको अबस्था दयनीय छ। महिलाहरुका लागि ‘गृहणी प्याकेज’ कार्यक्रम ल्याउने छु। काठमाडौमा बेरोजगारी समस्या छ। बेरोजगारी समस्या हल गर्न युवाहरूलाई उद्यमी बनाउन जरुरी छ। खानेपानीको समस्या छ। फोहोरको समस्या छ। सडकमा जताजतै खाल्डाखुल्डी छ। यी र यस्ता समस्याको दीर्घकालीन रुपमा हल गर्नेतर्फ मैले योजना बनाएको छु। यति गरिसकेपछि यो महानगरलाई कांग्रेसको मात्र हैन, सबैको हो भन्ने बनाउँछु। 
 
तपाईंले नेतृत्व गरेको महानगर कस्तो होला भनेर मतदाताले कल्पना गर्ने?
काठमाडौंको पहिचान फोहोर शहरका रुपमा रहेको छ। यसतर्फ मेरो ध्यान जानेछ। काठमाडौंलाई सफा र व्यबस्थित शहर बनाउने मेरो योजना छ। त्यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने सोचाई छ।
अर्को कुरा, काठमाडौं महानगर असुरक्षित छ। मेरो पहिलो अजेण्डा सुरक्षित महानगर बनाउने हो। जहाँ एकजना महिला साँझ, बिहान हिडडुल गर्न कुनै समस्या नहोस्। काठमाडौं भनेको पहिलादेखि नै व्यापारिक केन्द्र हो। त्यसैले यसलाई रातदिन खोल्ने बनाउनुपर्छ। योजनाबद्ध ढंगबाट व्यबस्थित शहर बनाउने मेरो योजना छ। 
 
काठमाडौंको ट्राफिक व्यबस्थापनबारे केही सोच्नु भएको छ?
हो काठमाडौंमा सवारी साधन धेरै भित्रिएका छन् तर सडक साँघुरा छन्। एउटा बास्तबिकता के हो भने शहर सानो छ। राजधानीमा धेरै सुबिधा भएका कारणा बाहिरबाट आएर बस्नेहरुको संख्या बढ्दो छ। घर भत्काएर बाटो बढाउँदामात्र समस्याको समाधान हुदैन। त्यसकारण मेरो प्राथमिकता घर भत्काउने भन्दा पनि ट्राफिक व्यबस्थापन गर्नु हुनेछ।
 
संघीय राजधानी रहेको काठमाडौ महानगरको
नेतृत्व महिलाले हाँकेको हेर्न पाइने भयो
भनेर  उहाँहरु खुसी हुनु भएको छ।
 
मेयरमा जित्नु हुन्छ त ?
मतदाताका घरदैलोमा पुग्दा जुन किसिमको स्नेह पाएको छु त्यसबाट म निकै उत्साहित भएकी छु। संघीय राजधानी रहेको काठमाडौ महानगरको नेतृत्व महिलाले हाँकेको हेर्न पाइने भयो भनेर उहाँहरु खुसी हुनु भएको छ। साथै, महिलाले नेतृत्वले महानगरको रुप फेरिने भयो भनेर उहाँहरु मत दिनका लागि आतुर हुनुहुन्छ। 
 
तपाईंको प्रतिस्पर्धा चाँही को संग होला?
मेरो उम्मेदवारीबाट महानगरवासी धेरै खुसी हुनु भएको छ। त्यसबाट उत्साहित छु। मतदाताहरुको भनाईबाट मलाई के बिश्वास छ भने मेरा प्रतिस्पर्धीहरु म भन्दा धेरै पछाडि हुनुहुन्छ।
 
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९, ०९:०५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
  • उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
  • प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
  • जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
  • गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
  • भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
लोकतन्त्र र जनअधिकार मेरो  प्राथमिकता : रामचन्द्र पौडेल
लोकतन्त्र र जनअधिकार मेरो प्राथमिकता : रामचन्द्र पौडेल
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत
मधेश केन्द्रित दलहरु सरकारमा जान्छन्ः रेशम चौधरी
मधेश केन्द्रित दलहरु सरकारमा जान्छन्ः रेशम चौधरी
'संसद्मा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ'
'संसद्मा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ'
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
अब काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख साह
अब काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख साह
  • ताजा समाचार
  • ट्रेण्डिङ
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
अयोग्य लडाकुको राहतका लागि भाेलिदेखि प्रारम्भिक प्रक्रिया अघि बढाइँदै 1
अयोग्य लडाकुको राहतका लागि भाेलिदेखि प्रारम्भिक प्रक्रिया अघि बढाइँदै
१४ वर्षपछि स्ववियु निर्वाचन, १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकियाे 2
१४ वर्षपछि स्ववियु निर्वाचन, १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकियाे
सभामुखले घिमिरेले पत्रकारबारे दिएकाे अभिव्यक्ति फिर्ता लिए 3
सभामुखले घिमिरेले पत्रकारबारे दिएकाे अभिव्यक्ति फिर्ता लिए
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक 4
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस 5
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP