Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, February 05, 2023 | आइतबार, माघ २२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत
स्पेसखबर
स्पेसखबर काठमाडाैं,९ माघ
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत

तपाईंले हालै अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनुभएको छ, ठूलो राशिको पुरस्कार पाउँदा कस्तो महसुस गर्नुभएको छ ?

– मलाई यो अवार्ड पहिलो पटक पाएको खबर सुन्दा विश्वास पनि लागेन। पुरस्कारका लागि मैले नाम दर्ता पनि गरेको थिइनँ। पछि निर्णायक टोलीले नै नाम राखेछ। नेपालमा बसेर काम गरिरहेको मान्छेले यत्रो ठूलो अन्तर्राष्ट्रिय पुरस्कार पाउनु मेरो लागिभन्दा पनि देशकै गौरवको कुरा हो। पुरस्कारले मेरो जीवनभरिको लामो तपस्याको (३५ वर्ष) गरेको कामको संसारमा कुनै संस्थाले सम्झेकामा गौरवको अनुभव भएको छ। 

पुरस्कारको प्राप्तिको श्रेय कसलाई दिनुहुन्छ ?

–तिलगङ्गा आँखा अस्पतालका मेरा सहपाठीलाई यसको पहिलो श्रेय दिन्छु। त्यसपछि मेरो परिवार र यतिका वर्षदेखि मलाई विश्वास गरेका बिरामीलाई श्रेय दिन चाहन्छु। केही मात्रामा मेरा अन्तर्राष्ट्रिय साथीहरुलाई यसको श्रेय जान्छ। 

आफ्नो कुन कामका लागि यो पुरस्कार दिइएको हो भन्ने लाग्दछ ? 

–मलाई के लाग्छ भने अन्धोपन निवारणमा मैले खेलेको भूमिकाको कारणले पुरस्कार प्रदान गरिएको हो। नेपालजस्तो ठाउँबाट सङ्घर्ष गरेर आँखाको इन्ट्राअकुलर लेन्सको प्रणालीको विकास गरेबापत प्रदान गरिएको हो। अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ। यो पुरस्कार अन्तर्राष्ट्रिय योगदान नगरीकन दिइँदैन। पुरस्कारमा नै अन्तर्राष्ट्रिय रुपमा प्रभाव पारेको हुनुपर्दछ भन्ने लेखिएको थियो। पछाडि परेका समुदायमा पनि पहुँच, सर्वसुलभ तरिकाले पुगोस् भन्ने हिसाबले पनि हेर्ने गरिन्छ। यी विभिन्न मापदण्ड पूरा भएका कारण मलाई पुरस्कृत गरिएको हो।

अन्धोपन निवारणमा तपाईंले कस्तो खालको लेन्स बनाउनु भएको छ ?

– हामीले आधुनिक मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गरेका छौँ। मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गरेर देशबाहिर हामीले पुर्‍याइएका छौँ। त्यस्तै हामीले ‘इन्ट्राअकुलर लेन्स’ को विकास पनि गरेका छौँ। तिलगङ्गामा आँखामा हाल्ने लेन्स अन्तर्राष्ट्रियस्तरको ‘इन्ट्राअकुलर लेन्स’ हो। त्यो लेन्स सुरु गर्दा सन् १९९० सुरुमा अमेरिकालगायत विदेशबाट बनेर आउने गर्दथ्यो। यसको मूल्य एक युनिटकै दुई सय डलर जति पर्ने गर्दथ्यो। त्यसैले यो सर्वसाधारणको पहुँचमा थिएन। हामीले यहाँ छ/सात वर्षमा धेरै मिहेनत गरेर उत्पादन गर्न थाल्यौँ। त्यो लेन्सको दामलाई हामीले पाँच डलरभन्दा कममा झार्न सक्यौँ। त्यो झार्ने बित्तिकै धेरै आँखाका बिरामीले सेवा पाएका छन्। लेन्स एकदमै विशेष खालको प्लास्टिकको सामग्री हो। यो आँखामा राखिसकेपछि (इनप्लान्ट गरेपछि) मोतियाबिन्दुको शल्यक्रियापछि मोटो चस्मा लगाउनु पर्दैन। यसले आँखाको नजरलाई मोतियाबिन्दुको शल्यक्रियापछि राम्रो देख्नमा मद्दत गर्दछ। यसरी हामीले तिलगङ्गामा नै लेन्स उत्पादन गर्दै आएका छौँ। बाहिर पनि उत्पादन हुन्छ। 

तपाईंले अन्धोपन हटाउनका लागि चलाउनु भएको अभियान कहाँ पुग्यो ?

– हो हामीले विश्वमा नै अन्धोपनबाट हटाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ। आज अफ्रिका, एसियाका विकासोन्मुख देशमा नेपालमा विकास गरेको मोतिबिन्दुका शल्यक्रियाको प्रणाली निकै प्रयोगमा आएको छ। हामीले त्यहाँका चिकित्सकलाई पनि तालिम गराएका छौँ। विश्वमा नै अन्धोपनबाट हटाउने अभियानअन्तर्गत वर्षमा ७० हजारदेखि एक लाख मानिसलाई आँखा देख्नसक्ने बनाएका छौँ। हामीले धाना, इथोपियालगायत देशमा अभियान सञ्चालन गरिसकेको छौँ भने इन्डोनेसिय र लाओस देशमा गर्ने तयारीमा छौँ। ती देशमा हामीले अन्धोपन हटाउन गरेको प्रणालीका बारेमा अवगत गराएका छौँ। नेपालमा पनि ग्रामीण भेगमा गएर अन्धोपन निवारणका लागि विभिन्न शिविर सञ्चालन गरिएका छ।  

नेपालमा अन्धोपनको समस्या खासगरी कुन क्षेत्रमा धेरै रहेको छ ? 

– खासगरी ग्रामीण र विपन्न समुदायमा अन्धोपनको समस्या बढी रहेको छ। अज्ञानता र गरिबीले गर्दा आँखाको ज्योति फर्काउन सकिन्छ भन्ने थाहा नपाउने धेरै मानिस छन्। खासगरी कर्णाली प्रदेशमा यो समस्या अझ धेरै रहेको छ। त्यसैले हामीले सुर्खेत आँखा अस्पतालसँग मिलेर कर्णालीका विभिन्न ठाउँमा शिविर सञ्चालन गरेर वर्षौंदेखि मोतिबिन्दुका कारण अन्धोपनमा रहेका धेरैलाई पुनः देख्न सक्ने बनाएका छौँ। 

नेपालबाट अन्धोपन हटाउनका लागि अभियानलाई सफल तुल्याउन राज्यले के गरिदिओस् भन्ने लाग्दछ ?

– देशबाटै अन्धोपन निवारण गर्ने कुरा एउटा व्यक्ति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने हुँदा यसमा सरकारको सहयोग आवश्यक हुन्छ। हामीसँग ज्ञान र प्रविधि भएकाले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छौँ। हामीले यहाँ बनाएको लेन्सलाई नेपालमा प्रयोग गर्नका लागि सहज वातावरण बनाइदिन सरकारसँग हाम्रो आग्रह हो। प्रमाणीकरण नगरीकन बाहिरका लेन्स गैरकानुन तरिकाले यहाँ आइरहेका छन्। त्यसले एकातिर विदेशी मुद्रा बाहिर गएको छ भने अर्कोतिर गुणस्तरहीन सामग्रीको प्रयोगले आँखाजस्तो संवेदनशील अङ्गमा जथाभाबी प्रयोग हुनु गम्भीर कुरा हो। अझै पनि विपन्न र पछाडि परेका समुदायका मानिसमा अन्धोपनको समस्या धेरै छ। उनीहरूलाई आँखा देख्न सक्षम बनाउनु चुनौतीपूर्ण छ। सरकारले लेन्सको उत्पादन बढाउनका लागि अलिकति आर्थिक सहयोग (फन्ड) गरेमा ती विपन्न वर्गका मानिसलाई सेवा दिन सकिन्थ्यो। लेन्सलाई देशको नमुना बनाएर नै हामी उत्पादन गर्दछौँ। लेन्सका लागि कच्चापदार्थ बाहिरबाट ल्याउनुपर्ने हुन्छ। लेन्सका हामीले धेरै नै उत्पादन गर्न सक्छौँ। अहिले वर्षको तीन लाख उत्पादन गरिरहेका छौँ भने सरकारले सहयोग भयो भने १५ लाख उत्पादन गर्न सकिन्छ। नेपाल मात्र नभएर बाहिर पनि पठाउन सक्छौँ। त्यतिबेला लेन्स निर्यातयोग्य वस्तु बनाउन सकिन्छ। 

आँखाको उपचारको क्षेत्रमा नेपाल विश्वका कति औँ स्थानमा रहेको छ ?

– अहिले त्यो भन्न गाह्रो हुन्छ। नेपालमा आँखाको सेवा पहिलेभन्दा धेरै नै विकसित भएको छ। तैपनि अझै ठूलो सङ्ख्यामा मानिस मोतीबिन्दुलगायत आँखाको सामान्य रोगबाट पनि अन्धकारमय जीवन व्यतीत गर्न विवश छन्। आँखा उपचारको सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सकेका छैनौँ। हामीकहाँ आँखाको उपचार सेवा सरल र सुलभ छ। अनि यसको गुणस्तर पनि राम्रो छ। गुणस्तर राम्रो भएकाले नै विश्वका विभिन्न देशबाट नेपालमा आँखा उपचारका लागि आउने गर्दछन्। नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य स्थल बनाउन सकिन्छ भन्ने मेरो आत्मविश्वास छ। 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, ०२:४९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  •  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
  • एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
  • रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
  • राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
  • 'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
मधेश केन्द्रित दलहरु सरकारमा जान्छन्ः रेशम चौधरी
मधेश केन्द्रित दलहरु सरकारमा जान्छन्ः रेशम चौधरी
'संसद्मा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ'
'संसद्मा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ'
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
अब काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख साह
अब काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख साह
जनतालाई घरदैलोमा सेवा दिन्छौं
जनतालाई घरदैलोमा सेवा दिन्छौं
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
  • ताजा समाचार
  • ट्रेण्डिङ
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे  छलफल
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान 1
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने 2
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?' 3
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?'
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो' 4
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो'
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने 5
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने
सूचना - प्रविधि थप
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
नास्टले बनायो विद्युतीय स्कुटर
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP