‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र (रोबर्ट)ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले।
अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन्। सबै जना मञ्चमा आइपुगे। त्यसपछि फेरि उनैले एक एक नाम उच्चारण गर्र्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि। अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन्। अन्नपूर्ण पाेस्टमा खबर छ।