सामाजिक सन्जाल फेसबुकले अश्लील फोटो र भिडियो डिलिट गर्ने प्रविधिको विकास गरेको छ । आफैं अश्लील फोटो र भिडियो खोज्ने र डिलिट गर्ने आर्टिफिसियल इन्टलिजेन्स प्रविधिको प्रयोग फेसबुकले गर्न लागेको हो । यसले खासगरी बदला लिने उद्देश्यले तयार पोष्ट गरिएको अश्लील तस्बिरलाई भाइरल हुनबाट बचाउँछ ।
कम्पनीका अनुसार यो प्रविधिले पोष्ट बदला लिने उद्देश्यले पोष्ट गरिएको हो कि होइन भनेर निश्चित गर्नेछ र गलत भेटिए डिलिट गर्नेछ । कम्पनीले यो विधि अनधिकृत अपलोड पहिचान गर्न सक्षम छ कि छैन भनेर सुनिश्चित गरेरमात्र आफ्नो अन्तरंग तस्बिर सावजनिक गर्न प्रयोगकर्तालाई सुझाव दिएको छ।
अश्लील तस्बिरबाट मानिसमा मानसिक असर पर्न सक्ने अवस्थामा यो प्रविधिबाट अश्लील सामग्रीबाट छुटकारा पाउने दाबी गरिएको छ । फेसबुकले यो प्रविधिलाई ह्युमन फिल्टरको रुपमा प्रयोग गर्नेछ, जसले अश्लील सामग्री भाइरल हुनबाट रोक्नेछ ।
फेसबुकमा भाइरल हुने अश्लील सामग्रीको विषयमा प्रयोगकर्ताले व्यापक विरोध गरेपछि यस्तो प्रविधि तयार पारिएको हो । यो प्रविधि इन्स्टाग्राममा पनि प्रयोगगरिने जनाइएको छ ।