मतसर्वेक्षणहरूका अनुसार धेरै मानिसहरूलाई कोभिडको व्यवस्थापन ट्रम्पले भन्दा बाइडनले राम्ररी गर्न सक्ने लागेको थियो ।बाइडनले जित्नुको मुख्य कारण सम्भवतः उनको नियन्त्रणभन्दा पूर्णत: बाहिर रहेको विषय थियो।कोरोनाभाइरस महामारीले २,३०,००० अमेरिकीहरूको ज्यान लिनुका साथै अमेरिकी जीवनशैली र राजनीति पनि बदलिदियो। निर्वाचन अभियानको अन्त्यतिर राष्ट्रपति डोनल्ड ट्रम्प स्वयंले पनि यो कुरा स्वीकारेको देखिन्थ्यो।
"मिथ्या समाचार दिनेहरूका निम्ति केवल कोभिड, कोभिड, कोभिड छ," गत साता विस्कन्सिन राज्यमा भएको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए। सो राज्यमा केही दिनयता सङ्क्रमण निकै फैलिएको छ।सञ्चारमाध्यमले कोभिडबारे चर्चा गर्नु कृत्रिम कुरा नभई वास्तवमा जनचासोको अभिव्यक्ति थियो। यो विषयले राष्ट्रपतिले सङ्कट राम्ररी व्यवस्थापन गर्न नसकेको देखायो।