भारतमा पहिल्लाे २४ घण्टामा ४७ हजार ६३८ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।
साेही अवधिमा ६ सय ७० जनाले ज्यान गुमाएकाे छ । ८४ लाख ११ हजार ७२४ संक्रमितकाे संख्यासँगै भारत विश्वमा काेराेना संक्रमितकाे सूचीमा दाेस्राे नम्बरमा रहेकाे छ ।
काेराेनाबाट अहिलेसम्म १ लाख २४ हजार ९८५काे मृत्यु भएकाे छ । नयाँ संक्रमित थपिने र निकाे हुनेकाे क्रम पनि जारी रहेकाले हाल भारतमा संक्रिय संक्रमितकाे संख्या करीब ५ लाख २० हजार रहेकाे छ ।