भारतीय टेलिभिजन च्यानल रिपब्लिकका संस्थापक तथा कार्यक्रम प्रस्ताेता अर्नब गोस्वामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहनकोे मुद्धामा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आज बिहान प्रहरीको एक टोली गोस्वामीको घरमा पुगेर नियन्त्रणमा लिएको हो । ५३ सालमा एक इन्टेरियर डिजाइनरको आत्महत्या प्रकरणमा मुछिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । मुम्बाई प्रहरीले आफू र आफ्ना परिवारमाथि हातपात गरेको गोस्वामीले आरोप लगाएका छन्।
उनको टेलिभिजन रिपब्लिकले प्रहरी घरभित्र पसेर नियन्त्रणमा लिएको भिडियोको स्क्रीनसर्ट सार्वजनिक गरेको छ ।उक्त तस्बिर निकै भाइरल भएको छ । उनको कार्यक्रम चलाउने शैलीको सधैजसो विरोध हुने गरेको छ । भारतसँगको नेपाली सीमाको विषयमा पनि उनले सञ्चालन गरेको टक शो को नेपालमा समेत चर्काे विरोध भएको थियो ।