विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले काेराेना संक्रमणलाइ राेक्न लकडाउन र प्रतिबन्धहरू गरिरहन आवश्यकता नरहने जनाएको छ।
पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो।
मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा त्यस्ता कठाेर कदमहरू चाल्न अावश्यक डब्लुएचअाेकाे ठहर छ।
कोभिड- १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताइन्।