सिस्टम ह्याक प्रकरणमा मुछिएपछि कृषि विकास बैंकले लहान शाखाका प्रमुख रामसेवक यादवसहित सबै कर्मचारी परिवर्तन गरेको छ।
बैंकका अनुसार लहान शाखाका प्रबन्धकको पासवर्ड प्रयोग गरेर २ करोड झिकिएको छ। प्रबन्धकको पासवर्ड प्रयोग गरेर उक्त शाखाका कर्मचारीले अवैध रुपमा पैसा झिकेको प्रारम्भिक अध्ययनले देखाएको बैंक केन्द्रीय कार्यालयले जनाएको छ।
बैंकले उक्त्त घटनाको छानबिन गर्न विनोद कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको जनाएको छ।
यो पनि पढ्नुहोस्
अपडेटः कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी प्रकरणमा संलग्न १० पक्राउ, कर्मचारीसमेत संलग्न