कृषि विकास बैंकको सीस्टम ह्याक गरी १ करोड ५६ लाख चोरी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
चोरीमा बैंकका कर्मचारीको पनि संलग्नता रहेको नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले जानरकारी दिए। उनीहरुलाई देशका विभिन्न भागबाट गएराति पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत छन्।
महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताए।