सहरमा दसैँ छाइसकेकाे छ। राजधानीका फुटपाथ र विभिन्न नामका सपिङ सेन्टरमा दसैँ किन्नेकाे जुलुस देखिन्छ। काेही टिकट खरिदकाे चटाराेमा छन्, कुनै एकसराे धराे फेर्ने मुडमा छन्। सबैका अाँखामा चमक छ। उता वैदेशिक राेजगारीबाट फर्कनेहरूकाे अर्कै चनाखाेपन छ। ठूलाे सुटकेस र हातमा ३०-३२ इन्चकाे एल.इ.डी टिभी बाेकेर एयरपोर्टबाट फुत्त निस्कन्छन्।
घर-परिवार-समाजबाट टाढिएकाे व्यथालाई यस्तै टिभी र दुई चारवटा माेबाइलले क्षतिपूर्ति गरेजस्ताे लाग्छ। हामी नेपाली गरीब छाैँ, तैपनि गरिबीकाे पीडाले हाम्राे मुस्कानलाई दबाएकाे छैन। हाम्राे खुसीकाे सूचांक विश्वमै उच्च तहकाे छ। यस्तै चाडपर्वले हाम्राे जीवन शक्तिलाई सञ्चित गरेकाे छ। यदि नेपालीका जीवनबाट संस्कृतिलाई अपहरण गरिदिने हाे भने हाम्राे पारिवारिक धराेहर गर्ल्यामगुर्लुम ढल्छ। सामाजिक सम्बन्धमा खिया लाग्छ र हाम्राे अायु कम्तीमा एक चाैथाइ घट्छ।
याे अार्थिक विषमता, याे यथास्थिति र राज्यकाे नागरिकप्रतिकाे सुदीर्घ तिरस्कारले थिलाेथिलाे पारेकाे मनलाई यिनै चाडपर्वले अलिकति मलहम-पट्टी लगाइदिन्छन् र त हामी पुनर्ताजगीकाे अनुभव गर्दछाैँ। दसैँ यद्यपि सबैका लागि उत्साहप्रद छ। अब 'कसैलाई दसैँ कसैलाई दशा' भन्ने लाेकाेक्ति व्यर्थकाे प्रलापजस्ताे लाग्छ। हिजाे अायअार्जनकाे अाधार कमजाेर थियाे। निर्वाहमुखी कृषिमा अाश्रित नेपालीलाई पैसाकाे मुख देख्नु अाकाशबेलीकाे जराे भेट्टाउनु झैँ दुर्लभ थियाे। त्यसैले मिठाेमसिनाे खान, लुगाफाटाे फेर्न र टीका दक्षिणाका निम्ति साहु गुहार्नु पर्थ्याे। अब त्याे विडम्बना रहेन।
मान्छेकाे श्रम गाउँमै बिक्ने भयाे। मान्छे कृषिमा भन्दा दैनिक नगद अार्जनमा संलग्न भयाे। त्यतिले नपुगेर अाकर्षक राेजगारीकाे खाेजीमा समुद्रपारीसम्म पुग्याे। केही सीप र ढंग नभएकाले पनि अाज जग्गा किनबेचकाे मध्यस्थकर्ता बनेर गाउँमा गाडी चढ्ने भएका छन्। याे पनि विकासकाे एउटा लक्षण हाे। यसरी परिवर्तनकाे संघारमा अाइपुग्दा हामीले केही परम्परागत संस्कार र मूल्यलाई भने बिर्सन पुगेका छाैँ। अाजभाेलि थारू गाउँमा मादल बज्न छाेडे। गुरूवा-पातीकाे प्रचलन हटेकाे छ। मगरहरूकाे साेरेटी नाचाे पछिल्लाे पुस्ताका लागि 'खै के खै के प्वाँक्क' भएकाे छ। बाहुन-क्षत्रीमा पनि दसैँकाे अाध्यात्मिक पक्ष कमजाेर बन्दै गएकाे छ र रसरंग प्रधानमात्रै बनेकाे छ। हाम्रा बाका पालातिर दैनिक दुर्गा सप्तशती पारायण हुन्थ्याे। मध्यान्हसम्म पूजापाठमै लिप्त हुन्थे बूढाहरू। दैनिक कुभिन्डाे खाेज्नुपर्थ्याे बलि चढाउने।
अब यी परम्परा धान्ने मान्छे सिला खाेज्नुपर्ने भएकाे छ। अहिलेका अंग्रेजी स्कुलका बाेइलर कुखुराहरू विज्ञान त पढ्छन् तर, धर्मविज्ञान पढ्दैनन्। अाधुनिक बन्नु भनेकाे अरूकाे नक्कल गर्नु मात्र हाेइन, अाफ्नैपनकाे प्रयाेगबाट पनि अघि बढ्न सकिन्छ। एक दिन म पाटनतिर एउटा स्कुल खाेज्दै थिएँ। बाटामा दुईटी छाेरेट्टी भेट्टिए। मैले तिनलाई ए नानु! यता कात्यायनी मा.वि. कहाँ छ? भनेर साेधेँ। तिनीहरू यसरी जल्किए मानाैँ मैले अर्कै लाेककाे भाषा बाेलेकाे थिएँ। उनीहरूकाे अाधुनिकता हेर्नुस्। अाइँ! के भनेकाे याे? रेस्टुरेन्ट हाे याे कि सिनेमा घर? याे खालकाे शिक्षाले हाम्रा सन्ततिमा भाषा-संस्कृति, परम्पराकाे जिलाे बच्ला? बरू गरिबी र अभावकाे पनि एउटा मजा थियाे। नयाँ लुगा लगाउने कुराले पनि मन फुरूङ्ग हुन्थ्याे।
नरिवल,छाेहाेरा,मिस्री,अाेखर,तिलाैरा यिनमै कत्राे अाकर्षण हुन्थ्याे। सबै कुरा सहज उपलब्ध हुँदा हाम्राे उत्तेजनाकाे नशा सुकिसकेकाे छ। रहरहरू पनि अाेइलाउँदै गएका छन्। याे जीवनप्रतिकै निराशा त हाेइन? हुन त, चाडपर्व भनेकै अघिल्लाे पुस्ताले पछिल्लाे पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने हाे। यसकाे पहिलाे श्रेष्ठ उपभाेक्ता बच्चाहरू नै हुन्। यिनकै खुसीमा अभिभावककाे प्रसन्नता निहित हुन्छ। तर, यतिखेर हामीले श्राद्धमा बिरालाे बाँध्ने मात्रै काम गरिरहेका छाैँ, जसले गर्दा दसैँकाे त्याे शक्ति अार्जनकाे उपासना-साधनाकाे ध्येय थियाे क्रमश: खण्डित भएकाे छ।
सायद यही कारण हाे कि हामी पनि दिनहुँ शक्तिहीन-अाेज र कान्तिहीन बन्दै गएका छाैँ। अाजभाेलि बिहेमा पञ्चेबाजा र ढाँकाकाे दाैरा-सुरूवाल अाधुनिक परिधान बनेर अाएकाे छ। काँसका थाल-कचाैरा रेष्टुरेन्टका अाधुनिक साधन बनेका छन्। कतै फेरि यिनै पूजापाठ तन्त्रमन्त्र पनि कुनै दिन नयाँ खाेज र अाविष्कार बन्ने त हाेइनन्, भन्न सकिन्न।