मेगास्टार अमिताभ बच्चन सुटिङका क्रममा घाइते भएका छन् । हैदरावादमा एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएका हुन् । उनकाे करङमा चोट लागेको छ ।यो घटना अमिताभ फिल्म 'प्रोजेक्ट के' को लागि एक एक्सन दृश्य शूट गर्दै गर्दा भएको हो।
दुर्घटनापछि फिल्मको सुटिङ रोकिएको थियो । हैदरावादमा उपचारपछि अभिनेता मुम्बईस्थित आफ्नो घर फर्किएका छन् । त्यसपछि फिल्मको सुटिङ तत्कालका लागि रोकिएको छ । उनले एक ब्लग लेखेर यो जानकारी दिएका हुन् ।