लोकदोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेकाे नभइ हत्या भएकाे प्रहरीले निष्कर्ष निकालेकाे छ । प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठले हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको छ।
मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेश गरेकाे हाे ।सुरूमा दिलमायाले आत्महत्या गरेको आशंका गरिएको थियो।
श्रेष्ठ दिलमायाका प्रेमी हुन्।अनुसन्धान गर्दा उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। श्रेष्ठविरूद्ध दिलमायाका बुवाले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए। असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन्।