भारतीय दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान निधन भएको छ । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा ७० वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।
बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित थिए । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका 'आइ एम अ डिस्को डान्सर','यार बिना चेन कहाँ रे', 'रात बाँकी', 'बम्बइ से आया मेरा दोस्त' लगायत गीत चर्चित छन् ।
एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज गरिएका उनलाई फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति अस्पताल लगिएको थियो ।
एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।पछिल्लो समय भारतले गीत संगीतकाे क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ ।