अभिनेत्री रेखा थापाले दाेस्राे विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।
निर्माता छविराज ओझासँगकाे सम्बन्धविच्छे भएपछि रेखा र पर्यटन व्यवसायी शाही प्रेम सम्बन्धमा थिए ।
उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका स्रोतको भनाइ छ । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।