शक्तिशाली कविता लेख्ने कविका परिचय बनाएका भोजराज न्यौपानेको कविता ‘सिंहदरवारको रङ’ पढेर अष्ट्रेलियाका युवा व्यवसायी रामजी बस्नेतले सोही कविताका पात्र वीरवहादुर सुनुवारलाई रु. ५० हजार सहयोग गरेका छन्।
केहीदिन अघि कान्तिपुरमा प्रकाशित समाचारबाट प्रभावित भएर न्यौपानेले वीरवहादुर सुनुवारको विषयमा कविता लेखेका थिए।
‘मैंले कविताको लिंक पठाएको थिएँ ’ न्यौपानेले भने, रामजीले मलाई भित्रैदेखि टच गर्याे, सहयोग गर्छु भनेर पचास हजार पठाइदिए।
दोलखाका पुराना नेता वीरवहादुर सुनुवार केही दिनअघि सिंहदरवार पुगेका थिए। एकपटक मन्त्री प्रधानमन्त्रीसँग भेट्न मन लागेर मन्त्रालय पुगेका उनलाई कान्तिपुरका पत्रकार सुरज कुँवरले सिंहदरवार परिसरमा भेटे। कुराकानी गर्दा थाहा भयो , ९० वर्षका वीरवहादुर आर्थिक सहायता माग्न सिंहदरवार धाएका थिएनन्। ७७ बर्षे पत्नीको उपचार गर्न आफैं रङ लगाउने काम गर्न चाहान्थे।
पत्रिकामा समाचार पढेपछि भोजराजको कवि मन भत्कियो। उनले वीरवहादुरकै नाममा कविता लेखे, सिंहदरवारको रङ।
छोरी मीना सुनुवारको साथमा आएका वीरवहादुरले आफूलाई मायाँ दर्शाउने सवैप्रति कृतज्ञता प्रकट गरे।