‘भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले जितेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। उनले विजेताका रूपमा वर्ल्ड टुरको मौका समेत पाएका छन्।
हिमालय टेलिभिजनबाट प्रसारित ‘भ्वाइस अफ नेपाल सिजन–३’ को शनिवार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् । किरण टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।
यसै गरी टिम राजुबाट बागलुङकी तारा श्रीष मगर, टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ र टिम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनै जना फाइनलिस्टले द भ्वाइसको ट्रफी प्राप्त गरेका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।