लेखक, सम्पादक तथा साहित्यकार जीवनचन्द्र कोइरालाको ६१ वर्षको उमेरमा निधन भएको छ। कोभिड–१९ बाट संक्रमित कोइरालाको बुधबार दिउँसो निधन भएको हो।
विभिन्न कृतिहरूको सम्पादनमा लामो समयदेखि सक्रिय रहँदै आएका लेखक तथा सम्पादक कोइरालाको सम्पादनमा दर्जनौं पुस्तक प्रकाशित छन्।
सामाजसेवामा पनि सक्रिय कोइराला केही वर्ष अघि साझा प्रकाशनको संचालक पनि थिए।