नेपालका कतिपय नायिका तथा माेडलहरू बेला बखतमा आफ्नाे कपाल मुन्डन गरेर चर्चा बटुल्ने कोशिश गर्छन् । यसैक्रममा अभिनेत्री केकी अधिकारीले पनि आफ्नो कपाल मुन्डन गरिएकाे तस्विर आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेकी छन् ।
कपाल मुन्डनको केही तस्विर तथा भिडियो उनले सार्वजनिक गरेकी हुन् । केका लागि भने उनले खुलाएकी छैनन् ।पहिलो भिडियोमा उनले लेखेकी छिन्, ‘चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल ।’ अर्काे भिडियोमा उनले युवतीहरू कपाल मुन्डन पछि झन् बोल्ड देखिने आशय राखेकी छन् ।अभिनेत्री केकी अहिले फिल्म ‘बोक्सीको घर’ अभिनयरत छिन् ।