गीतकार रत्नशमशेर थापाको निधन भएको छ। बिहीबार दिउँसो १२ बजे काठमाडौंकाे नर्भिक अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा थापाकाे निधन भएको हाे।
बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो।
थापा ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ जस्ता कालजयी गीत छाडेर सधैका लागि बिदा भएका छन्।