आफूलाई ‘अर्थर गन’ नामले चिनाएका नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो 'अमेरिकन आइडल'को टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
टप १० मा छनोट भएपछि दिवेशले फेसबुकमा मार्फत आफ्ना समर्थकहरुलाई धन्यवाद दिदै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका छन्।उनलाई उपाधि दावेदारका रुपमा हेरिएको छ ।