बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ ।
उनको ५४ वर्षीय खानको मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको मृत्यु भएको हो ।
पेटमा संक्रमण भएकाले इरफान मंगलबार आइसीयूमा भर्ना भएका थिए ।
सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। इमरान अभिनित पछिल्लोपटक रिलिज भएको फिल्म अंग्रेजी मिडियम थियो ।
इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, लाइफ इन अ मेट्रो, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डजस्ता चर्चित हलिउड तथा बलिउड फिल्ममा अभियन गरेका छन् । गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको ९५ वर्षकामे उमेरमा मृत्यु भएको थियो ।