मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् ।
भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर महिला सूची’मा समावेश गरिएको हो ।
थाइल्यान्ड बैंककमा सन् २०१८ को ‘मिस युनिभर्स’को ‘नेसनल गिङ्खट एक्सन’मा पहिलो पुरस्कार पाएकी थिइन् । उनी अहिले थुप्रै संस्थासँग जोडिएकी छन् । हाल उनी अमेरिका बस्दै आएकी छन् ।