नेपाली फिल्म ‘दी कर्मा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ र भारतीय कलाकार करण बर्मा देखिन्छन् ।
नेपाल-भारत सीमा क्षेत्रमा हुने विभिन्न घटनालाई मुख्य कथा बनाइएको फिल्मको निर्देशक भने देवकुमार श्रेष्ठ हुन् । यो फिल्मको रिलिज डेट माघ १७ गतेका लागि तय गरिएको छ ।