नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले नेपाली पोशाकसहितको आफ्नो फोटो सार्वजनिक गरेका छन्। उनले दौरा, सुरुवाल, टोपी र कोटलगाएको फोटो ट्वीटरमा राख्दै लेखेका छन्– यो मन त मेरो नेपाली हो। उनले आफूलाई ‘नेपाली बाबु’ भनी लेखेका पनि छन्।
हाल नेपालमा रहेका गुरुङले केही दिनअघि नेपालस्थित अमेरिकी दूतावासमा फेसन डिजाइनिङ र आफ्नो सफलताको कथाबारे प्रवचन दिएका थिए।
सिंगापुरमा जन्मिएर अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका गुरुङ चर्चित फेसन डिजाइनर हुन्। उनले विश्वका चर्चित सेलिब्रिटी तथा राजनीतिज्ञहरुका लागि फेसन डिजाइनिङ गर्दै आएका छन्।