टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
‘चिटिक्कै परी बस’ बोलको गीतमा सुनीता नेपालका शब्द छन् भने दीपक शर्माको संगीत छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, दीपिका कार्कीलगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने सरोज ओलीले गरेका छन् ।
रोमान्टिक गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अर्जुन केसीले सम्पादन गरेका हुन् । स्मरणरहोस् गायिका स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन् ।