‘हामी यस्तै त हो नि ब्रो’ र्यापका गायक तथा र्यापर ‘भिटेन’ अर्थात् समीर घिसिङ पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो।
उनको गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै पक्राउ गरिएको महाशाखाले जनाएको छ। पक्राउ परेका भिटेनले आफ्नो गीत युट्युबबाट हटाइसकेका छन्।
यसअघि प्रहरीले दुर्गेश थापालाई पनि पक्राउ गरेको थियो। तिहारको अवसरमा दुर्गेशले बजारमा ल्याएको गीतले संस्कृति तथा परम्परामाथि आँच आएको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए। उक्त गीत युट्युबबाट हटाएर उनले माफी मागेपछि उनलाई छाडिएको थियो।