मुम्बई, १३ असोज
बहुचर्चित बलिउड फिल्म ‘शोले’ मा ‘कालिया’ को चरित्र निर्वाह गरेका कलाकार बिजु खोटेको निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका खोटेको ७७ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो। उनले शोलेमा कालियाको भूमिका निर्वाह गरेका थिए। जसमा गब्बर सिंह (अमजद खान) ले उनीसँग बोलेको संवाद ‘तेरा क्या होगा कालिया’ निकै चर्चित भएको थियो।
उनले आफ्नो करिअरमा चाइनागेट, मेला, अन्दाज अपना अपना, गोलमाल ३, नगीनालगायत ३ सयभन्दा बढी फिल्ममा काम गरेका थिए।