असोज २४ देखि प्रदर्शनमा आउन लागेको दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म 'छ माया छपक्कै'को प्रमोसनल प्यारोडी सङ बिच्च-बिच्चमा सार्वजनिक गरिएको छ । गीत निकै कर्णप्रिय र सुमधुर छ । गीतले फिल्म हिट हुने संकेतसमेत गरेको छ ।
आमा अग्निकुमारी मिडियामार्फत आज (शुक्रबार) गीत सार्वजनिक गरिएको छ । यो गीतमा गायक दुर्गेस थापाको स्वर छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, सुपुष्पा भट्ट, अनुराग कुँवर, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, रमा थपलिया, विष्णु सापकोटाको अभिनय छ । फिल्म राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको छ ।
फिल्ममा दीपकराजले युवा नेताको भूमिका निभाएका छन् । जसको आफूभन्दा आधा उमेर कम युवती (केकी अधिकारी) सँग प्रेम बस्छ ।
फिल्मलाई हरि हुमागाईंले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् । फिल्मका कार्यकारी निर्माता भने केदार घिमिरे (माग्ने बुढा) हुन् । फिल्ममा निर्देशक लामाकै कथा र दीपकराजको पटकथा छ ।