कर्जा फिल्मबाट निर्देशनमा होमिएका किशोर राना मगर अब रहेनन् ।लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित निर्देशक रानाको ६४ वर्षको उमेरमा पुलचोकस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनले रॉको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र जस्ता फिल्म निर्देशन गरेका थिए ।उनी २०७४ को राष्ट्रिय चलचित्र पुरस्कारमा दीर्घ साधना सम्मान प्राप्त हुन्। स्वर्गिय राना बलिउडमा समेत केहीवर्ष काम गरेका थिए।
राष्ट्रिय चलचित्र पुरस्कार २०७३ को दीर्घ साधना सम्मान प्राप्त अभिनेत्री सुभद्रा अधिकारीको गत शनिबार निधन भएको थियो।