सर्वोच्च अदालतले फिल्म निर्माता छविराज ओझा र उनी कान्छी पत्नी शिल्पा पोखरललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
तत्काल पक्राउ गरी कारबाही अघि बढाउन जिल्ला अदालतले गरेको आदेश उच्च अदालत पाटनले पनि सदर गरेपछि यही आदेशविरुद्ध अभिनेत्रीसमेत रहेकी शिल्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । यही रिटमाथि आइतबार (आज) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उनीहरुलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै शिल्पा र छवि दुवैलाई भदौ १५ गते अदालतमा उपस्थित हुनेसमेत आदेश दिएको छ ।
शिल्पाले साउन २९ गते काठमाडौं जिल्ला अदालत, उच्च अदालत पाटनलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् । साउन २४ मा भएको सुनुवाइपछि शिल्पा र छविलाई जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो ।