भदौ ६ देखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री नम्रता श्रेष्ठलाई बक्सरको अवतारमा देख्न सकिन्छ । उनको एक्सन हेर्नलायक बनेको छ ।
फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठलगायतको अभिनय छ । ट्रेलरमा एक्सन पक्षलाई महत्त्व दिइए पनि नम्रता र अनुपको चुम्बन हेर्नलायक छ ।
आशुतोष राज श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको स्कृप्ट निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका हुन् ।
चलचित्र प्रेरणा श्रेष्ठ र कारा श्रेष्ठले निर्माण गरेका हुन् । अहिले फिल्मीबजारमा जाइराको विषयमा चर्चासमेत चलेको छ ।