भारतीय रियालिटी शो 'सारेगमप' लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।
दुबै वालकबाट मञ्चमा हुँदै आएको प्रस्तुति र जजहरूबाट प्राप्त हुँदै आएको स्यावासीले यी दुई मध्ये एक जना पहिलो र अर्काे दोस्रो हुने अनुमान गरिएको थियो । तर, त्यसाे हुन सकेन । सुरू देखि नै उनीहरू माथि ठूलाे अाशा राखिएकाे थियाे। फाइनलमा ६ जना बीच प्रतिस्पर्धा भएकाे थियाे।