साफ च्याम्पियनसिप महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।
विराटनगरमा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
सहिद रंगशालामा खेलको १३ औं मिनेटमा मञ्जिलीकुमारी योञ्जलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसको तीन मिनेटपछि खेलको १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।
पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। खेलको ५४ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जित पक्का गरिन्।
जितसँगै समुह ‘ए’मा रहेको नेपालले तीन अंक जोड्न सफल भयो।