प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा सोमबार मधेश प्रदेशलाई १ सय २६ रनले पराजित गर्दै आर्मी क्लबले विजयी सुरुवात गरेको छ। जितको लागि ३ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ४८.४ ओभर खेल्दा १ सय ९४ रनमा अल आउट भयो। मधेशका लागि पवन सरार्फले सर्वाधिक ६५ रन बनाए। त्यसअघि टियु टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३ सय २० रन बनाएको थियो। आर्मीका लागि विनोद भण्डारीले १ सय १३ रनको शतकीय इनिङ खेले।
त्यस्तै कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै नेपाल एपीएफ क्लब लगातार दोश्रो जित हात पारेको छ। मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। एपीएफको जितमा कप्तान रोहित पौडेलले ८० रनको इनिङ खेले। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो। कोशीको लागि फिर्दोस अन्सारीले सर्वाधिक ५५ रनको योगदान दिए । एपीएफका रोहित पौडेलले ३ विकेट लिए।
त्यस्तै, सोमबार नै भैरहवास्थीत सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गर्यो। जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १ सय ५८ रनमा अल आउट भएको थियो। पहिलो पटक राउण्ड रोविन लिग फम्र्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन्। लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।