फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले अहिले यमनसँग प्रतिस्पर्धा गरिरहेकाे छ । दाेस्राे हाफकाे खेल जारी रहँदा यमन २ गाेलले अगाडि रहेकाे छ ।खेलको ७२ औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजेदेखि खेल जारी रहेकाे हाे ।