आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएकाे प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएर शानदार जित निकालेको हाे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएकाे थियाे ।