स्कटल्याण्डका खेलाडीले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् ।क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ ।
तर आज नेपालसँग ३ विकेटले पराजित भएपछि स्कटल्याण्डका खेलाडीले नेपालका अन्य खेलाडीसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् ।सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।
क्यानले सन्दीपलाई समेत राखेर राष्ट्रिय टोलीको घोषणा गरेपछि क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिको बारेमा आफू जानकारी भएको भन्दै आफूहरु सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध रहेको बताएको थियो ।