नेपाल टी–२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान पूरा गर्दै १२ जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए।
१२ प्रतिवादीमा सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया मुख्य अभियुक्त छन्। नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी अभियुक्त छन्। रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई पनि प्रतिवादी बनाएको हो।
लिगका खेलमा स्पट फिक्सिङ गरेको आरोपमा तीन जना मात्र पक्राउ परेका छन्। नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलम हिरासतमा छन्। अरू ९ प्रतिवादी फरार छन्।