विश्वकप फुटबलको उदघाटन खेलमा आयोजक कतार पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरेका हुन् ।
१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे ।कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए ।
अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । कतारले आशा गरे अनुसार खेल्न सकेन ।