राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि मुख्य प्रशिक्षक थापाले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
थापाले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन । म अहिलेबाटै छाड्छु ।'
उनले साफका लागि राम्रो तयारी भएपनि उपाधि जिताउन नसकेको उल्लेख गरे ।
उनले घरेलु फुटबलको संरचनाप्रति निराशा ब्यक्त गर्दै महिला फुटबल विभागीय टिमले टिकेको तितो यथार्थ पोखे ।
उनले प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार ब्यहोर्नु परेको बताए । उनले बंगलादेशले भारतसँग भन्दा कमजोर खेल प्रर्दशन गरेको उल्लेख गर्दै फुटबलमा कहिले काही यस्तो नतिजा आउने बताए । प्रशिक्षक कुमारले भारतभन्दा बंगलादेशको टिम राम्रो देखिएको बताए ।