माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।आइतबार राति मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।
भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै भारतले ३ खेलमा ५ अंक जोडेको छ ।नेपालको यो पहिलो हार हो । नेपालले अधिकाशं समय डिफेन्स खेलेकाे थियाे । भारतसँग बराबरी मात्र गर्न सके पनि नेपालका निम्ति जित सरह हुने थियाे।
नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।अब नेपालले बंगलादेशविरुद्ध अन्तिम प्रतिस्पर्धा गर्ने छ।