नेपालकी पाैडीबाज गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खोपेकी छिन् । सामाजिक सञ्जालमा ट्याटू खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् ।
जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । टोकियो एक्वेटिक सेन्टरमा भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट ११ मिलिसेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा १ः ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।