नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिने घोषणा गरेका हुन्।उनले ‘डियर नेपाली फ्यान्स’ लेखेर सम्बोधन गर्दै आफूले राजीनामा दिन लाग्नुको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष रहेको उल्लेख गरेका छन्।
अलमुताइरीले उपाध्यक्ष नेम्बाङको पछिल्ला ३ हप्तामा भएका नाटकका कारण आफूले राजीनामा दिन लागेको बताए । पछिल्लो समय प्रशिक्षक अल्मुताइरीले खेलकुद पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो ।राजीनामाकाे घाेषणाले अब पंकज नेम्वाङ खुसी हुनेछन् भनी टिप्पणीसमेत गरेका छन्। उनकाे लेखाइ हर्दा राजीनामा दिन मन नभएपनि राजनीतिक चेपुवामा परेकाले बाध्य भएकाे बुझिन्छ ।